कान्तिलाेकपथ ४५ दिन बन्द रहने: बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

kanti-lokpath-hetauda-to-kathmandu-fastest-route-tato-khabar-khabar-khabar-viral

तातोखबर, मकवानपुर / हेटौंडा-काठमाडौँ जोड्ने वैकल्पिक सडक कान्ति राजमार्ग बन्द रहने भएको छ। निर्माण कार्यका लागि राजमार्गको बगुवा- तिनपाने सडक खण्डको सागुरो ठाउँहरुमा सडक चौडा गर्ने काम सुरु भएपछि चैत्र १ गते देखि २०८१ वैशाख १५ गते सम्म बन्द रहने सडक विभागले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले फागुन १६ गते गरेको निर्णय अनुसार सूचना जारी भएको हो।
निर्माण कार्य सम्पन्न नभए सम्म बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म यातायात आवतजावत बन्द रहने सूचनामा उल्लेख छ । निर्माण अवधि भरि सम्पुर्ण सवारी साधनहरुले बैकल्पिक बाटो प्रयोग गर्न समेत सडक विभागले अनुरोध गरेको छ।

Advertisement:kanti-lokpath-hetauda-to-kathmandu-fastest-route-tato-khabar-khabar-khabar-viral

स्थानीय उत्पादन बोक्ने लोकल सवारी साधनहरुले पनि बिहान १० बजे अगाडि या बेलुकी ५ बजे पछि लैजाने व्यवस्था मिलाउन अनुरोध गरिएको छ । काल्छे देखि तल काम हुने हुँदा काल्चे टिकाभैरव सडकखण्डमा भने यातायात चालू रहने छ।

kanti-lokpath-construction

प्रतिक्रिया दिनुहोस् :