समाजवादीको माग पूरा, प्रधानमन्त्रीलाई विश्वासको मत दिने

Samajbadi_Nepal

काठमाडौँ /प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिखित सहमतिबिना विश्वासको मत नदिने अडान लिएका एकीकृत समाजवादीको माग पूरा भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको सत्तारुढ दल एमाले, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूको बिच सहमति भएको प्रधानमन्त्रीको स्वकीय सचिव रमेश मल्लले बताए।

मल्लका अनुसार यसअघि चार दलबिच भएको ८ बुँदे सहमतिमा पनि एकीकृत समाजवादीले हस्ताक्षर गरेका छन् । यस्तै राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा मतदान गर्न आ–आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् ।

Advertisement:Samajbadi_Nepal

सोमबार बसेको एकीकृत समाजवादीको संसदीय दलमा पार्टीलाई जानकारी नदिई मन्त्रीको नाम दिएकोमा नेपालको चर्को विरोध भएको थियो । लिखित सहमतिबिना प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सांसदहरूले अडान लिएका थिए ।

प्रतिक्रिया दिनुहोस् :