शिक्षा मन्त्रालयमा काम गर्ने वातावरण छैन: पूर्व उपसचिव

तातोखबर, काठमाडौं / शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व उपसचिव ईश्वरीप्रसाद पोखरेलले मन्त्रालयमा काम गर्ने वातावरण नभएको बताएका छन्। उनी मन्त्रालयबाट अवकाश भइसकेपछि एकपछि अर्कोले फाइल अड्काउने कर्मचारी रहेकै कारण काम गर्ने माहाेल नभएकाे बताएका हुन्।
उनले एक मिडियासँग कुरा गर्दै, ’म शिक्षा मन्त्रालयमा २८ महिना बसेँ, १५ महिना कुनै काम नभएर बित्यो, कामका लागि गयो सहसचिवले हेर्दै छु भन्छन्, कति वटा आँखा रै’छन्,आउँदै आएन, नहेरी नै बितायो, म आफैँले प्रयास गरेँ ५ वटा डकुमेन्टका लागि तर फाइल रोकिहाल्छन्।’
उनका अनुसार ट्रेड युनियनले पनि कामप्रति हस्तक्षेप गर्ने गरेको छ। ‘मन्त्रालयभित्र मै खाऊँ मै लाऊँ भन्ने खालका कर्मचारीहरू छन्,अर्काे ट्रेड युनियनवाद छ, म त भन्छु यो घातक छ‚ एक मिनेट पनि राख्नु हुँदैन, उनले भने। उनले शिक्षामन्त्रीलाई शिक्षा क्षेत्र सुधार गर्ने हो भने पहिला मन्त्रालयभित्र भएका बेथिति अन्त्य गर्न पनि माग गरे।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस