चैत २४ देखि मेयरकप फुटबल हुँदै

हेटौंडा -हेटौंडामा मेयर कप फुटबल प्रतियोगिता २०८० हुने भएको छ।नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा- ५ स्थित रंगशालामा चैत २४ गते देखि खेलकुद प्रतियोगिता हुन लागेको मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको हो।

प्रतियोगितामा १९  वटै वडाबाट  वडा स्तरीय टिम हुनु
 पर्ने र खेलाडीहरु सम्बन्धित वडाको स्थानीय वासिन्दा
 हुनुको साथै नागरिकता वा बसाइँसराइको कागजात अनिवार्य 
हुनुपर्ने नियम रहेको नगर खेलकुद विकास समिति हेटौंडा
 उपमहानगरपालिकाका अध्यक्ष रविन्द्र प्रसाद घिमिरेले जानकारी दिए।
 राष्ट्रिय टिममा आवद्ध खेलाडीललाई प्रतियोगितामा सहभागी नगराइने
 अध्यक्ष घिमिरेले बताए।

प्रतियोगिताको लागि हेटौंडा उपमहानगरपालिकाबाट १५ लाख बजेट विनियोजन भएको छ।टिम दर्ता चैत १५ गते सम्म गर्नु पर्ने छ।

Advertisement:

प्रतियोगितामा प्रथमले दुई लाख, द्वितियले एक लाख पचास हजार र तृतीयले पचास हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।प्रतियोगितामा विधागत सर्वोत्कृष्ट खेलाडीले १० हजार र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही नगद ५/५ हजार उत्कृष्ट खेलाडीलाई पाँच/ पाँच हजार प्रधान गरिने आयोजकले जनाएको छ।

अन्तरास्ट्रिय फुटबल महासंघ ( फिफा) को नियमानुसार नक आउट प्रतियोगिता हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :