राजनीति गर्नु छ भने चुनाव लड्नुस, खेलमा राजनीति नगर्नुस्: विराजभक्त श्रेष्ठ

तातोखबर, काठमाडौं / भर्खरै नियुक्त भएका युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा राजनीति नगर्न आग्रह गरेका छन् । राजनीति गर्ने मन भए चुनाव लड्न पनि आग्रह गरेका छन् । बुधबार राखेपले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा श्रेष्ठले खेलकुदको क्षेत्रमा राजनीति नगरी खेलकै हिसाबले अगाडि बढ्न दिनुपर्ने बताएका छन् ।
‘यदि राजनीति गर्नु छ भने चुनाव लड्न आउनुस् तर खेलमा राजनीति नगर्नुस् । खेलकुदलाई खेलकै हिसाबले अगाडि बढ्न दिनुपर्छ । खेल क्षेत्रमा रहेका भौतिक र आर्थिक समस्या समाधान गर्न म तयार छु । त्यसका लागि साथ लिन तपाईं पनि त तयार हुनुपर्यो । ताली एक हातले मात्र बज्दैन ’ उनले भने ‘खेलकुदको विकास भएन भन्ने सुन्दै आएका छौँ । खेलकुद क्षेत्रमा जिम्मेवार र आसलाग्दा व्यक्ति यहाँ हुनुहुन्छ । अब पनि विकास नभए कहिले हुन्छ त ? तर त्यो हुनका लागि सबैले आफ्नो आफ्नो काम गर्न निवेदन गर्दछु । ममा जादुको छडी छैन । सबै बोझ म बोक्ने होइन ।’
आफूले मन्त्री पदको जिम्मा लिएपछि परीक्षाको घडी सुरु भइसकेको उल्लेख गर्दै उनले खेल क्षेत्रको विकासका लागि भरपुर प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस