प्रि-मनसुनसँगै बढ्न थाल्यो देशभरको तापक्रम
तातोखबर, काठमाडौं / प्रि-मनसुन शुरु भएसँगै काठमाडौंलगायत देशभरको तापक्रम बढिरहेको छ। अहिले विराटनगर, सिमरा र भैरहवा लगायतका जिल्लामा दिउँसो अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुग्ने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
महाशाखाका अनुसार आज पनि काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २९ डिग्री सेल्सियसम्म पुग्न सक्ने अनुमान गरेको छ। यस्तै बिहानको न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् गोविन्द झाले जानकारी दिएका छन् ।
उनका अनुसार शनिबार तराईका केही भूभागमा सामान्यतया हावा चल्ने छ। यस्तै गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । अन्य भूभागको मौसम भने आज सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै