मुस्ताङमा लेक लागेर एक जनाको मृत्यु

पोखरा / मुस्ताङमा आज बिहान लेक लागेर एक जना जनाको मृत्यु भएको छ । लेक लागेर भारतको हैदराबाद घर भएका ८३ वर्षीय बि नारायणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
प्रहरीका अनुसार, उनी ४१ जनाको टोलीसहित मुस्ताङ पुगेका थिए । मुक्तिनाथ दर्शन गरेर जोमसोममा बास बस्ने क्रममा एक्कासि उनलाई श्वासप्रश्वासको समस्या भएको थियो ।
समस्या भएपछि जिल्ला अस्पताल लगिएको उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मुस्ताङ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस