तराईको जनसंख्या बढ्दै, हिमाल र पहाडको घट्दै

janaganana-rastriya-tathyanka-bibhag

तातोखबर, काठमाडौँ / राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको उच्च जीवनस्तरका ३८ प्रतिशत जनसंख्या बागमती प्रदेशमा बसोबास गर्ने गरेको देखिएको छ।

आइतवार राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा जारी तथ्याङ्कले नेपालको उच्च जीवनस्तर भएका ३८ प्रतिशत जनसंख्या बागमती प्रदेशमा बस्ने गरेको देखाएको हो।

Advertisement:janaganana-rastriya-tathyanka-bibhag

तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछाने सबैभन्दा कुलिन वर्ग बागमतीमा बस्ने गरेको बताएका छन् ।

निम्न वर्गका ५१ प्रतिशत जनसंख्या कर्णाली प्रदेशमा बस्ने गरेको तथ्याङ्क रहेको बताए । उनकाअनुसार कर्णाली प्रदेशमा करिब ४.२ प्रतिशत जनसंख्या मात्रै उच्च वर्गका जीवनस्तर भएका छन्।

तथ्याङ्क कार्यालयकाअनुसार भविष्यमा फर्कन सक्नेगरी विदेश बस्ने नेपालीहरुको जनसंख्या करिब २२ लाख छ भने नेपालबाट विदेशमा सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका नेपाली विदेश गएको देखिएको उनले बताए।

उनले पछिल्लो १० वर्षमा हिमाल र पहाडको जनसंख्या घट्दै र तराईको जनसंख्या बढ्दै गएको देखिएको बताए । उनले ४३.६ प्रतिशत तराई र पहाडको ४०.३ प्रतिशत पुगेको बताए ।

उनले पहाडी जिल्लाका काठमाडौँ र पोखरा महानगरपालिकालगायतका केही नगरपालिकामा धेरै भए पनि अन्य नगरपालिकामा जनसंख्या कम देखिएको उल्लेख गरे ।
तथ्याङ्क कार्यालयकाअनुसार उमेरको हिसाबमा ०-१४ वर्षसम्मका बालबालिका २०६८ जनगणनामा ३४.९ रहेकोमा २०७८ मा २७.८ प्रतिशतमा झरेको छ।

‘पछिल्लो १० वर्षमा हिमालको र पहाडको जनसंख्या घटेको देखिन्छ र तराईको जनसंख्या बढ्दै गएको छ। ४३.६ प्रतिशत तराई र पहाडको ४०.३ प्रतिशत पुगेको छ‚’ उनले भने‚ ‘तराईका जिल्लाका नगरपालिका र गाउँपालिकामा जनसंख्या बराबर जस्तो रहेको छ। पहाडी जिल्लाका काठमाडौँ महानगरपालिकालगायतमा धेरै भए पनि अन्य नगरपालिकामा जनसंख्या कम देखिन्छ।’

१५ देखि २४ वर्ष उमेर समूहको २० प्रतिशतबाट १९.७ प्रतिशतमा झरेको छ। २५–६४ वर्ष उमेर समूहको हेर्दा ४५.५ प्रतिशतबाट झरेर ४३.३ प्रतिशतमा पुगेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ।

निर्देशक लामिछानेले ६५ भन्दा माथि उमेर समूहको जनसंख्या ५.३ बाट बढेर ६.९ प्रतिशतमा पुगेको बताए। उनले नेपालको काम गर्नसक्ने जनसंख्या ६२ प्रतिशत रहेको बताए।

उनले जनगणना २०६८ को तुलनामा आश्रित जनसंख्या कम रहेको बताए। उनकाअनुसार जनगणना २०६८ मा ६१.९ प्रतिशत रहेको आश्रित जनसंख्या घटेर जनगणना २०७८ मा ६०.२ प्रतिशतमा झरेको बताए।

‘नेपालका आश्रित जनसंख्या कम भएको छ। जनगणना २०६८ मा ६१.९ प्रतिशत रहेको आश्रित जनसंख्या घटेर जनगणना २०७८ मा ६०.२ प्रतिशतमा झरेको छ‚’ उनले भने‚ ‘नेपालको करिब २२ लाख जनसंख्या विदेशमा बसोवास गरेको देखिन्छ। सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका नेपालीहरु विदेश गएको देखिन्छ।’

प्रतिक्रिया दिनुहोस् :