नेपाल टेलिकमका प्राविधिक अधिकृतको हाजिर टेलिकममा, काम कन्स्ट्रक्सनमा

aktiyar

तातोखबर, काठमाडौँ / नेपाल टेलिकमका प्राविधिक अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा प्राविधिक अधिकृत निर्मलप्रसाद सिटौलालाई एक करोड ६१ लाख २० हजार चार सय रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको छ ।

टेलिकमका स्थायी कर्मचारी रहेका सिटौलाले कार्यालयमा हाजिर गरी छुट्टै हिमदुङ एण्डल थोकर कन्स्ट्रक्सन नामक कम्पनीमा संलग्न भएर व्यापार व्यवसाय गरेको पाइएको अख्तियारले गरेको अनुसन्धानबाट खुलेको छ ।

Advertisement:aktiyar

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड विनियमावली, २०७८ को विनियम १०१ बमोजिम टेलिकमको स्थायी कर्मचारीले व्यापारव्यवसाय सञ्चालन गर्न वा वाह्य कार्य गर्न स्वीकृति लिनुपर्ने कानूनी प्रावधान रहेको  छ ।

तर, उनले गैरकानुनी ढंगले निजी कम्पनीको सेयर खरिद गरी संस्थापक सेयरधनी बनेर कम्पनीमा निर्देशकको हैसियतमा आर्थिक वर्ष २०६९/०७० देखि काम गर्दै आएको र पारिश्रमिकवापत रकम बुझेको र कम्पनीको विभिन्न ठेक्कापट्टामा सामेल भएको भेटिएको अख्तियारले दाबी गरेको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १४ बमोजिमको कसुरमा गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको एक करोड ६१ लाख २० हजार चार सय रुपैयाँ बिगो कायम गरी सजाय माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस् :