हेटौंडामा मकवानपुर जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता हुने

मकवानपुर – चैत ९ र १० गते हेटौंडामा मकवानपुर जिल्ला स्तरीय व्याडमिन्टन खेल प्रतियोगिता हुने भएको छ ।मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा २ दिने ब्याडमिन्टन खेल प्रतियोगिता हुन लागेको आइतबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको थियो ।

मकवानपुर जिल्लामा स्थायी घर भएको खेलाडी र मकवानपुर जिल्लालाई कार्यक्षेत्र विभिन्न पेशा व्यवसाय जागिर गरि बसेका खेलाडी मात्र सहभागी हुन पाउने मकवानपुर जिल्ला व्याडमिन्टन संघको वरिष्ठ उपाध्यक्ष विजय सिंह ठकुरीले जानकारी दिए।

Advertisement:

प्रतियोगितामा सहभागी हुन आउने थाहा नगरपालिका, कैलाश गाँउपालिका, बाग्मती गाउपालिका, राक्सिराङ्ग गाँउपालिका, इन्द्र सरोवर गाँउपालिकाबाट आउने खेलाडीहरुलाई सम्बन्धित खेलाडीहरुको प्रतियोगिता सम्पन्न नभए सम्म खाना र वस्तको सुविधा रहेको उपाध्यक्ष ठकुरीले जानकारी दिए।
प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने २० वर्ष मुनीका उदयमन खेलाडी वर्ष २०८० मार्फत सम्मान गरिने छ। दुईजनालाई वेष्ट प्लेयर समेत घोषणा गरि ५, ५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ।

प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार र दोस्रो हुनेले १५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताका लागि करिब ८ देखि ९ लाख सम्म खर्च हुने आयोजकको अनुमान रहेको छ ।टिम दर्ता शुल्क प्रतिव्यक्ति एक हजार रहेको र त्यसमा नास्ता र जर्सिको समेत व्यवस्था रहेको आयोजकले बताएको छ।

प्रतिक्रिया दिनुहोस् :