महालक्ष्मी विकास बैंकको नेतृत्व एकताको विकास तथा शारीरिक स्वस्थता सम्बन्धी कार्यशाला सम्पन्न

तातोखबर, काठमाडौं / महालक्ष्मी विकास बैंकले ‘नेतृत्व एकताको विकास तथा शारीरिक स्वस्थता’ सम्बन्धी दुईदिने कार्यक्रम गरेको छ।
बैंकले हालै चितवनको सौराहामा संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारी, विभागीय प्रमुख, प्रदेश प्रमुख, केन्द्रीय कार्यालयका कर्मचारी र शाखा प्रबन्धकको उपस्थितिमा कार्यशाला गोष्ठी सम्पन्न गरेको हो।
गोष्ठीमा अर्थतन्त्रमा देखिएको मन्दीबीच आगामी दिनमा अवलम्बन गर्नुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल भएको बैंकले जनाएको छ। यो अवस्थामा बैंकको व्यवसाय विस्तार, ग्राहकहरूको हकहित संरक्षण र उत्कृष्ट सेवा प्रदान गर्न सबै तहका कर्मचारीको सामूहिक प्रयत्न आवश्यक रहने निष्कर्ष निकालिएको छ।
कर्मचारीको सामूहिक एकता, शारीरिक स्वस्थता, सक्षम नेतृत्व र उच्च मनोबल नै सफलताका महत्त्वपूर्ण आधारशीला हुन् भन्ने मान्यताका साथ गोष्ठीमा व्यावहारिक अभ्याससमेत गरिएको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस