मनकामना केबलकार एक दिनका लागि बन्द हुने

manakamana-cable-car

तातोखबर, चितवन / मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ। नियमित मर्मतसम्भार कार्य गर्नुपर्ने भएकाले यही चैत ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ।

नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने सेवा चैत ८ गते बिहीबार बिहानदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिएका छन् ।

Advertisement:manakamana-cable-car

गोरखाको सहिद लखन गाउँपालिका-३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना-४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी विसं २०५५ मा उक्त केबलकार सेवा स्थापना भएको थियो।

प्रतिक्रिया दिनुहोस् :