महरामाथि अनुसन्धान गर्न सिआइबीलाई ४ दिनको म्याद

krishna-bahadur-mahara

तातोखबर, काठमाडौँ / सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई ४ दिनको म्याद दिइएको छ।

आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको महरामाथि अनुसन्धान गर्न अदालतले सिआइबीलाई ४ दिनको म्याद दिएको छ ।

Advertisement:krishna-bahadur-mahara

महरालाई बिहान कपिलवस्तुबाट नियन्त्रणमा लिएर बिमानस्थल मार्फत काठमाडौँ  ल्याइएको थियो।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीका आरोपीहरुसँग उनलाई जोडिएको छ।

आयोगले उनीमाथि कारबाही गर्न सिफारिस गरेकाले पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। पहिले भने उनलाई बयान कागज मात्रै गराएर छाडिएको थियो।

प्रतिक्रिया दिनुहोस् :