जंगलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु

तातोखबर, काठमाडौं / जंगलमा लागेको आगो निभाउने क्रममा धादिङमा एक जनाको मृत्यु भएको छ। दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ ताल्ती निवासी ५२ वर्षीय खामबहादुर थापा मगरको मृत्यु भएको हो।
मृतक थापा मगर भालुखोप भन्ने स्थानको रातामाटे जंगलमा डढेलो सल्केपछि निभाउने क्रममा लडेर घाइते भएका थिए । डढेलो निभाउने क्रममा लड्दा उनी करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ।
स्थानीयले उद्धार गरी अस्पताल लगेपछि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस