देशका धेरैजसो भूभागमा वर्षाको सम्भावना

तातोखबर, काठमाडौं / पछिल्लो केहि समय देखि मधेशको सिराहा लगाएतका जिल्लामा वर्षा भएको छ ।

बागमती प्रदेशमा दिउँसो बदली र हुस्सुसँगै हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायु र स्थायीय वायुको प्रभावले काठमाडौं उपत्यकासहित पूर्वी भूभागमा आगामी शुक्रबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिएका छन् ।

Advertisement:

काठमाडौं उपत्यकाको मौसम दिनैभर धुम्मिइरहने सम्भावना छ । काठमाडौंको न्यूनतम तापक्रम भने ह्वात्तै बढेको छ। मौसमवद् झाका अनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको छ।

दिउँसो अधिकतम तापक्रम घट्ने सम्भावना रहेको उनले बताएका छन् । यसअघि २९ डिग्री सेल्सियससम्म पुगेको अधिकतम तापक्रम आज २० डिग्री सेल्सियसम्म ओर्लिनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस् :