नेपालबाट जनशक्ति पलायन हुँदैमा चिन्ता मान्नु पर्दैन
काठमाडौं, ९ चैत्र / पछिल्लो समयमा नेपालबाट उल्लेखनीय मात्रामा जनशक्ति पलायन हुदै गएको अवस्थाका विषयमा विदेशबाट सीप सिकेर स्वदेश फर्किनेहरुले यस विषयमा चिन्ता मान्नु नपर्ने बताउँन थालेका छन् । आमसञ्चार माध्यमहरुसँग कुरा गर्दै विदेशमा १० वर्षभन्दा बढी काम गरेको अनुभव सुनाउदै एक आतिथ्यता सत्कार व्यवसायीले यस्तो बताएका हुन् ।
विदेशमा सिकेको सीप र हासिल गरेको ज्ञान नेपालमा लगानी गर्दा देशलाई फाईदा हुने काठमाडौंको कलङ्कीमा सञ्चालनरत खाँडादेवी फुड ल्याण्डका संयोजक गोपी थापा मगरको भनाई रहेको छ । नेपाली युवाहरु धमाधम देश छोडेर बाहिरिने क्रम बढेर गएपछि नेपाली अग्रज समुदायमा देखा परेको युवा पलायनको चिन्ताका विषयमा भान्छा व्यवस्थापक गोपी थापा मगरको फरक धारणा आएको हो ।
उनको भनाई छ ‘देशमा बसेर केहि गर्न नसक्ने र विदेशमा गएर आफ्नो भविष्य बनाउन सक्ने आँट भएका युवाहरु विदेशिदा देशलाई नोक्शान हुन्छ भन्ने छैन । विदेशपुगेपछि श्रम गर्ने अभ्यास, आधुनिक सीप र ज्ञान आर्जनसँगै आर्थिक उपार्जन पनि यहाँको भन्दा बढी हुने भएपछि विदेश जानु पर्छ र त्यहाँ सिकेको सीप र श्रमको अभ्यासलाई आफ्नो देशमा लगानी गर्नु पर्छ ।’
ब्यवसायबाट छिटो लाभ लिनका लागि बजारमा तयार पारिने खाद्य परिकारहरुलाई आकर्षक देखाउने प्रचलन निरुत्साहन हुनु पर्नेमा जोड दिदै आएका छन् आतिथ्यता सत्कार व्यवसाय एवं बरिष्ठ भान्छा व्यवस्थापक गोपी थापा मगर । बजारमा बिक्री वितरण हुने अखाद्य वस्तुहरुको मिश्रणबाट तयार पारिने त्यस्ता खाद्य वस्तुको प्रयोग कर्म गर्न उपभोक्ताहरुलाई पनि सचेत गराउनु पर्ने मान्यता उनको रहेको छ । तर विगतका दिनहरुमा जस्तो वर्तमान अवस्थामा यो प्रबृत्तिमा कमी आएको भान्छा व्यवस्थापक मगर बताउँछन् ।
आतिथ्यता सत्कारसम्बन्धी अध्ययन नगरेका तर यहि पेशा वा व्यवसाय सञ्चालन गर्दै आएका ब्यक्तिहरुमध्ये नगन्य व्यवासयीहरुले मात्रै अखाद्य वस्तुहरुको प्रयोग गर्ने गरेको भन्दै उनी भन्छन् ‘शैक्षिक विकासक्रमसँगै अब आतिथ्यता व्यवसाय सञ्चलन गरेर रोजगार एवं स्वरोजगार बन्न चाहने ब्यक्तिहरुले यस विषयमा ध्यान दिनु पर्छ । होटल व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विभिन्न प्रशिक्षण एवं शिक्षण केन्द्रहरु सञ्चालनमा आईरहेको र अनलाईनबाट पनि धेरै किसिमका जानकारीहरु लिन सकिने समय आएको छ ।’ खाद्य पदार्थ सेवन तथा विक्री वितरणका विषयमा अध्ययन गर्ने ब्यक्तिहरुले त्यस्ता अञ्जान व्यवसायीहरुलाई सचेत गराउनु पर्ने मगरको भनाई छ ।
नेपालमा विभिन्न किसिमका प्राविधिक शिक्षालयहरु धमाधम खोलेर अध्यापन एवं प्रशिक्षण दिने प्रणाली प्रयोगमा आईरहेको र यहाँको शैक्षिक पाठ्यक्रम पुरागरेपछि ब्यावहारिक ज्ञानका लागि ती विद्यार्थी एवं प्रशिक्षार्थीहरुलाई विदेश पठाउने प्रचलनमा बढेर गएको अवस्थामा राज्यले अब प्राविधिक शिक्षा विकासका लागि आवश्यक नीति लिनु पर्नेमा उनको जोड रहेको छ । प्राविधिक शिक्षाका लागि पनि विश्वब्यापी मान्यतामा आधारित पाठ्यक्रम निर्माण गरी प्रयोगमा ल्याईनु पर्ने उनी बताउँछन् । यसका साथै अत्याधुनिक प्रयोगशाला र उपकरणहरुको व्यवस्था आवश्यक रहेको पनि भान्छा ब्यवस्थापक गोपी थापा मगर बताउँछन् ।
राजधानीमा अत्याधुनिक सुविधासम्पन्न आतिथ्यता सत्कारका व्यवसायहरु धमाधम सञ्चालनमा आईरहेको वर्तमान अवस्थामा यहाँहरुले नै सञ्चालन गरिरहनु भएको आतिथ्यता सत्कार व्यावसायिक प्रतिष्ठान खाँडादेवी फुडल्याण्ड नै सेवाग्राहीहरुले किन खोज्नु पर्ने ? भन्ने जिज्ञाषामा प्रतिष्ठानका मूख्य संयोजक गोपी थापा मगर भन्छन् ‘आतिथ्यता सत्कारसम्बन्धी प्रचलित मापदण्डमा आधारित रहेर हामीले खाँडादेवी फु्डल्यण्ड सञ्चालनमा ल्याएका छौं । आधारभूत सेवासुविधाका साथै आधुनिक प्रविधि र प्रणालीहरुलाई हामीलाई अपनाएका छौं । हामीसँग सेवा लिदै आउनु भएका सेवाग्राहीहरुबाट प्राप्त प्रतिकृया अत्यान्त सन्तोषजनक पाईएको छ ।’
२०३८ साल चैत्र ४ गते नेपाली सेनामा सेवारत बुबा गणेशबहादुर थापा मगर र गृहिणी आमा टीकामाया थापा मगरको सन्तानका रुपमा रामेछाप जिल्ला पुलासी गाविस वडा नं. १ जन्मिएका गोपी थापा मगर एक कुशल पाकविज्ञका रुपमा परिचित छ । बाबुबाजे जे पेशा गरेका हुन्छन् छोरीछोरीले पनि त्यहि पेशा अपनाउनु पर्छ भन्ने मनाशय नभएका उनी बाबु र बाजेले अपनाएको नेपाली फौजी पेशामा नलागी पाककर्ममा अर्थात व्यावसायिक भान्छा कलामा दृढ बन्दै उनी पछिल्लो समयमा आतिथ्यता सत्कार व्यवसायमा प्रभावशाली कारिन्दा बन्न पुगेका हुन् ।
रामेछापको विकट गाउँमा बाल्यकाल विताएका गोपी ग्रामीण भेगका कुनाकन्दरामा घाँस दाउरा गर्दै माध्यमिक तहसम्मको अध्ययन सकेर आफ्नो उज्वल भविष्य खोज्न राजधानी प्रवेश गरेका आतिथ्यता सत्कार विज्ञ गोपी थापा मगरले होटलमा भाँडा माज्ने, अतिथिलाई खानाका परिकारका टक्राउनेदेखि लिएर भान्छामा बसेर पकाउने र पस्कनेसम्मको अभ्यास गरी विदेशमा ४ वर्षसम्म थाईल्याण्डको बैंककस्थित इण्डियन बाबर्ची रेष्टुरेण्टमा मुख्य भान्छा व्यवस्थापकका रुपमा काम गरेको अनुभव बटुलेका छन् ।
थाईल्याण्डमा ४ वर्ष भान्छा व्यवस्थापनमा अभ्यास गरेर स्वदेश फर्किएपछि नेपालका नाम चलेका पर्यटकस्तरका होटलहरुमा समेत भान्छा व्यवस्थापनकै भूमिकामा काम गरेका उनले फेरि वैदेशिक रोजगारको अवसरमा मलेशिया पुगेर चाईनिज रेष्टुरेण्टमा थप ४ वर्षे कामको अनुभव हासिल सफल भए भने उनले बाह्य मुलुकहरुमा आतिथ्यता सत्कारको प्रचलनका बारेमा थप ज्ञान आर्जन गर्न साईप्रस पुगेर समेत जापानिज खानाका परिकारमा अभ्यस्त बन्न पुगे । त्यतिबेला उनी जुन रेष्टुरेण्टमा काम गर्थे, त्यहि रेष्टुरेण्टका ४ वटै शाखाहरुको व्यवस्थापन गर्न सफल भए । ३ वर्ष साईप्रसको आतिथ्यता सत्कारसम्बन्धी अनुभव हासिल गरेका गोपी थापा मगरले नेपालमा नै त्यो सीप र ज्ञान लगानी गरेर नेपालमा रहेको बेरोजगारी समस्या न्युनीकरण गर्न आवश्यक ठानेर आफ्नो समेत लगानीमा त्यस्तै आतिथ्यता सत्कार व्यवसाय सञ्चालन गर्न पुगे ।
आफूजस्तै अनुभवी साझेदार सदस्यहरुको संलग्नतामा विगत ५ वर्षदेखि नेपालमा नै व्यवस्थित आतिथ्यता सत्कार व्यवसाय सञ्चालनमा ल्याएको उनी बताउँछन् । यहि समूहले शुरुमा काठमाडौंको गल्फुटारमा दोभान तन्दुरी क्याफे नामक एउटा आतिथ्यता सत्कार व्यवसाय सञ्चालन गरी त्यसलाई विस्तार गर्दै लाजिम्पाटमा डाईनेष्टि मःमः एक्स्प्रेस नामक अर्को आतिथ्यिता सत्कार व्यवासयका साथै डाईनेटी फुड एक्स्प्रेस सञ्चालन गर्दै पछिल्लो समयमा कलङ्कीमा अत्याधुनिक सुविधासम्पन्न खाँडादेवी फुड ल्याण्ड नामक आतिथ्यता सत्कार व्यवसायमा सञ्चालनरत रहेको छ । विश्वब्यापी महामारीको रुपमा आएको कोबिडका कारण अन्य ३ वटा व्यावसायिक प्रष्ठिान बन्न गर्नु परेको तितो अनुभव पाक विज्ञ एवं खाडादेवी फुड ल्याण्डका प्रबन्ध निर्देशक गोपी थापा मगरसँग रहेको छ ।
विशेष गरी पर्यटकीय मुलुक नेपालमा आतिथ्यता सत्कार व्यवसायलाई उत्कृष्ट मानेर यहि व्यवसायमा लाखौं नेपाली जनशक्तिलाई अनवसर दिन सकिने भएकाले अफूलाई यो पेशमा स्थापित गराउन प्रेरणादायी भूमिका दिएको भन्दै बरिष्ठ भान्छा व्यवस्थापक पुष्प थापा मगरको नाम आफ्नो आफ्नो सफलताको इतिहासमा जोडिराख्ने पाकविज्ञ गोपी थापा मगर आतिथ्यता सत्कार व्यवसायको भान्छामा काम गर्ने जनशक्तिले भान्छाको मात्रै नभएर समग्र प्रतिष्ठानकै व्यवस्थापन सन्तुलित बनाईराख्न सक्ने दावी गर्छन् । जुनसुकै सफलतामा प्रेरणादायी भूमिका खेल्ने ब्यक्तिलाई आफ्नो सुख दुःखमा सम्झनु पर्ने उनको मान्यता रहेको छ ।