महाकाली नदीमा र्‍याफ्टिङ शुरु

rafting-mahakali-river

तातोखबर / डडेल्धुराको परशुराम नगरपालिकास्थित महाकाली नदीमा साहसिक जलयात्रा (र्‍याफ्टिङ) शुरु गरिएको छ। परशुरामधाम नगरको प्रचारप्रसार र साहसिक पर्यटनमा आकर्षणका लागि र्‍याफ्टिङ शुरु गरिएको छ ।

नगरपालिकाले सहजीकरण गर्नेगरी रुडुक डडेल्धुरा र अक्सफाम नेपालको आर्थिक सहयोगमा र्‍याफ्टिङ सञ्चालन गरिएको हो । हालै जनप्रतिनिधि र स्थानीयवासीको समूहले परशुराम धामदेखि कञ्चनपुरको खल्ला मसेट्टीसम्म र्‍याफ्टिङ गरेको छ । कञ्चनपुरमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह लगायतका व्यक्ती उपस्थित थिए ।

Advertisement:rafting-mahakali-river

उद्घाटन कार्यक्रममा नगरप्रमुख भरत बडायर जोशीले र्‍याफ्टिङ  सञ्चालनमा आएपछि स्थानीय अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरे। तत्काल बाहिरबाट प्राविधिक मगाएर एक ‘बोट’ मात्र सञ्चालन गरेको नगरपालिकाले बिस्तारै स्थानीय युवालाई नै सीप सिकाएर रोजगारी सृजना गर्नेतर्फ समेत ध्यान दिने बताएको छ। र्‍याफ्टिङ सञ्चालनका सञ्चालक छनोट गरेर दातृ निकाय, नगरपालिकाबीच त्रिपक्षीय सम्झौतामार्फत निरन्तरता दिने योजना नगरपालिकाको छ।

तत्कालका लागि परशुराम नगरपालिका-५ परशुराम धामदेखि वडा नं ६ तातापानीसम्म ६ किलोमिटरको दूरीमा सञ्चालन हुनेछ । यो रुट सुरक्षित भएकाले निर्धक्कसँग जलयात्रा गर्न सर्वसाधारणलाई नगरपालिकाले अपिल समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस् :