सिरिया र लेबनानमा इजरायलको हवाइ हमला, ३६ सैनिकसहित ४४ को मृत्यु

Isrel-hamala

तातोखबर, काठमाडौं /  सिरिया र लेबनानमा इजरायलले हालसम्मकै ठूलो हवाई हमला गरेको छ।

आक्रमणमा ३६ सैनिकसहित ४४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement:Isrel-hamala

सिरियाको एलेप्पो प्रान्तमा भएको आक्रमणमा ४३ जनाको मृत्यु भएको छ।लेबनानको बाजौरिया क्षेत्रमा लेबनानी हिजबुल्लाहका वरिष्ठ कमान्डर मारिएका छन् ।

गाजासँगको युद्धमा इरानले हमासको समर्थन गरेको भन्दै इजरायलले सिरिया र लेबनानी हजबुल्लाह लडाकुमाथिको आक्रमण तीव्र पारेको हो ।

उक्त हमलालाई रुसले सिरियाको सम्प्रभुतामाथिको उल्लंघन भएको भन्दै इजरायलको निन्दा गरेको छ ।

प्रतिक्रिया दिनुहोस् :