देशभर मनाइँदैछ इद उल फित्र

तातोखबर, काठमाडौं / इस्लाम धर्मावलम्बीहरुको महानचाड इद आज देशभर मनाइँदैछ । एक महिना लामो रमादान पर्व रोजा पूरा भएको दिनको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो।
खुशीपूर्वक दीनदुःखी एवं गरिबलाई दान गरिनेपर्वका रूपमा इद परिचित छ ।इद उल फित्रका अवसरमा एकआर्का सँग आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने चलन छ।
यस दिन नमाज पाठ गरेपछि तीन दिनसम्म मान्यजनकोमा गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायतका खानेकुरा खान दिने प्रचलन छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस