एसीसी प्रिमियर कप: नेपालले यूएईलाई जितका लागि १२० रनको लक्ष्य दियो
तातोखबर / ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनल खेलमा नेपालले यूएईलाई जितका लागि १२० रनको लक्ष्य दिएको छ।
नेपालले ९ विकेट गुमाएर जम्मा ११९ रन मात्र बनाउन सफल भयो ।
टस जितेर यूएईले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो।
यसअघि सन्दिप जोरा अर्धशतक बनाएर आउट भए भने २० रन बनाएर गुलशन झा आउट भए । करण केसी १७, आशिफ शेख, कप्तान रोहित पौडेल ५, दिपेन्द्रसिंह ऐरी ५ रन, कुशल मल्ल ३ ,सोमपाल कामी २ र कुशल भुर्तेल शून्यमा आउट भएका थिए ।
नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु