एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

nepal-lost-odi-match

ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनल खेलमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएईले उपाधि भिडन्तमा स्थान पक्का गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय २० रनको लक्ष्यलाई यूएईले ओभरमा ४ विकेटको क्षतिमा १७.२ औं ओभरमा पूरा गर्यो ।

फाइनलमा पुग्न असफल भएसँगै नेपालको एसिया कप खेल्ने सम्भावना पनि सकिएको छ । नेपालले अब शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दैछ । तेस्रो हुने टोली फाइनल खेल्ने टोलीसँगै एमर्जीङ कपका लागि छनोट हुनेछन् । यता यूएई भने आइतबार हुने फाइनलमा ओमान र हङकङको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल आज हुँदैछ ।

Advertisement:nepal-lost-odi-match

यूएईको सहज जितमा आलिशान शराफुले अर्धशतक प्रहार गरे । उनले ४१ बलमा ४ चौका र २ चक्का सहित ५५ रन जोडे ।विष्णु सुकुमारनले २८ बलमा २८ रन जोड्दै रनगति घट्न दिएका थिएनन् । कप्तान मोहमद वासिमले ११ र आसिफ खानले १० रन जोडे । सायद हैदरले १४ तथा आयन खानले ३ रन बनाए ।

त्यसअघि नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । नेपालका लागि सन्दीप जोराले ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए ।

इनिङको पहिलो बलमा नै कुशल भुर्तेल कट बिहाइन्ड भएपछि नेपाल दबाबमा पर्यो । जुनेद सिद्दिकी र ओमिद रहमानले उत्कृष्ट बलिङ गर्दै नेपाललाई पावरप्लेमा चल्न दिएनन् । ओमिदले आसिफ शेखलाई एलबीडब्लु धरापमा पार्दा नेपाल ११-२ को अवस्थामा पुग्यो । कप्तान रोहित पौडेल विकेट जोगाउने धुनमा रक्षात्मक हुँदा १८ बलमा ५ रन जोड्दै कट बिहाइन्ड भए ।

प्रतिक्रिया दिनुहोस् :