नयाँ सत्ता गठबन्धन माघ महिनासम्म टिक्दैन : गगन थापा

Nepali Congress leader Gagan Thapa speaking at program organised to support quake-affected building of Central Deaf Higher Secondary School in Naxal on Monday, December 28, 2015. Photo: RSS

तातोखबर, इलाम / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म नटिक्ने दाबी गरेका छन् ।

शनिबार इलाममा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले अहिले बनेको गठबन् धनले २०८१ सालको माघ कट्न नसक्ने जिकिर गरे। उनले चुनावको अगाडिको गठबन्धन जनतालाई धोका भएको टिप्पणी गरे ।

Advertisement:Nepali Congress leader Gagan Thapa speaking at program organised to support quake-affected building of Central Deaf Higher Secondary School in Naxal on Monday, December 28, 2015. Photo: RSS

चुनावअघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको थापाको भनाइ छ । उनले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाइ गर्ने बेला आएको बताए ।

‘म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताको अघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज । अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईंहरुको बीचमा फेरि जवाफ दिन आउनेछु। मैले केवल यो सन्दर्भमा रहेर मात्रै भनेको। चुनावको अगाडि गठबन्धन जनतालाई धोका हो।चुनावको अघिको गठबन्धन बेइमानी हो। चुनावअघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो। चुनाव अघिको गठबन्धन मतदाताको अवमूल्यन हो । उनले भने, ‘त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाईबाई गर्ने बेला आएको छ। चुनाव अघिको गबठन्धनले हाम्रो राजनीतिलाई विकृत बनाएको छ।’

महामन्त्री थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई फोहोर बनाएको पनि बताए।

प्रतिक्रिया दिनुहोस् :