गुल्मीमा भीषण आगलागी, ३८ घरगोठ जलेर नष्ट

गुल्मी / गुल्मीको इस्मा गाउँपालिका-२ मा आज भीषण आगलागी भएको छ।

उक्त आगलागीमा ३८ घरगोठ जलेर नष्ट भएको छ। नजिकैको सामुदायिक वनमा लागेको आगो हावा सँगै बस्तीमा आइपुगेको हो। आगोले १३ घर र २५ गोठ जलेको स्थानीयले बताएका छन्।

Advertisement:

घरगोठ जल्दा थुप्रै पालुवा जनावर पनि जलेको बताइएको छ।  अझै आगो नियन्त्रणमा आएको छैन।

प्रतिक्रिया दिनुहोस् :