चेल्सीलाई हराउँदै सिटी एफए कपको फाइनलमा प्रवेश
![manchester-city-vs-chelsea-football-news-nepali-sport-news](https://www.tatokhabar.com/wp-content/uploads/2024/04/manchester-city-vs-chelsea-football-news-nepali-sport-news.jpg)
तातोखबर / साविक विजेता म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ।
गएराति भएको खेलमा चेल्सी माथि १-० को जित निकाल्दै सिटीले उपाधि भिडन्त पक्का गरेको हो।
सिटीको जितमा बर्नार्डो सिल्भाले खेलको ८४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
केभिन डी ब्रुइनले बक्स भित्रबाट नै गरेको क्रस चेल्सी गोलरक्षक जोर्डजे पेट्रोभिचले क्लियर गर्न खोजेपछि सिल्भाको खुट्टामा पुगेको थियो। सिल्भाको प्रहार सहजै गोलमा परिणत भएको थियो।
खेल अवधिभर सिटीले निकै मौका खेर फालेको थियो । पहिलो हाफमा दुवै टोलीबाट मौकाहरु सिर्जना नभएपनि दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन देखिएको थियो ।
सिटीले आज हुने म्यानचेस्टर युनाइटेड र कोभेन्ट्री सिटीबीचको विजेतासँग फाइनल खेल्नेछ। गत संस्करणको फाइनलमा सिटीले युनाइटेडलाई २(१ ले हराउँदै उपाधि जितेको थियो।