मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु

electric-shocked-current-electricity-death-news-tatokhabar-nepali-news

तातोखबर, तेह्रथुम / तेह्रथुमको लालीगुराँस नगरपालिका-५ दागपामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु भएको छ।

गएराति साढे ७ बजे स्थानीय कालुबहादुर लिम्बुको ८ वर्षीय छोरा सुदिप लिम्बुलाई आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भई करेन्ट लागेको थियो।

Advertisement:electric-shocked-current-electricity-death-news-tatokhabar-nepali-news

करेन्ट लागेर घाइते भएका बालकको उपचारको लागि जिल्ला अस्पताल तेह्रथुम लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :