‘हेर्न नभ्याइने’ सूचीमा रेशम चौधरीको रिट

sarboccha

काठमाडौँ /  रेशम चौधरीले निर्वाचन आयोग र नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट आइतवाबार ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ।

सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो।

Advertisement:sarboccha

रेशम चौधरी जेलबाटै नागरिक उन्मुक्ति पार्टी (नाउपा) गठन गरेका थिए । गरी गत पुस २७ गते कैलालीको टीकापुरमा भएको प्रथम महाधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष चयन भएका थिए ।

चौधरी अध्यक्षमा निर्वाचन भएको अद्यावधिक निवेदन भने निर्वाचन आयोगले अस्वीकार गरेको थियो । आयोगले नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ भएको ठहर गरेको थियो । आयोगको उक्त निर्णयविरुद्ध चौधरीले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् :