आज अन्तर्राष्ट्रिय पृथ्वी दिवस

तातोखबर, काठमाडौं / अन्तर्राष्ट्रिय पृथ्वी दिवस विश्वभर मनाइँदै छ। प्रत्येक वर्ष अप्रिल २२ तारिखमा यो दिवस मनाइन्छ।
सन् १९७० देखि प्रत्येक वर्ष पृथ्वी दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्रसंघको ६३ औं महासभाले पनि अप्रिल २२ लाई संसारभर पृथ्वी दिवस मनाउन पारित गरेको थियो।
यो दिवस नेपालसहित विश्वका करिब २०० राष्ट्रमा मनाइँदै छ। दिवसले पृथ्वीलाई जोगाउनुपर्ने, भविष्यका लागि पृथ्वीमा भएको प्राकृतिक स्रोत साधनको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिने गरेको छ।
पृथ्वी बर्सेनी तात्दै गइरहेको छ। सन् १८८० पछि प्रत्येक दशकमा ०।८ डिग्रीका दरले तापक्रम वृद्धि भइरहेको छ। वन फँडानी, आगजनी, धुवाँ र प्रदूषणका कारण तापक्रम बढेको विज्ञ बताउँछन् । मानव क्रियाकलापले नै पृथ्वीको अस्तित्व संकटमा पर्दा यस्ता कार्यको न्यूनीकरणमा विश्वको ध्यान पर्याप्त मात्रामा जान नसकेको उनीहरूको भनाइ छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस