मोटरसाइकल दुर्घटनामा श्रीमान् श्रीमती दुबैको मृत्यु

तातोखबर, महोत्तरी / बर्दिबास नगरपालिका–३ कालापानीको जंगलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

बा प्र ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल सोमबार दुर्घटना हुँदा चालक सर्लाही ईश्वरपुर नगरपालिका-५ बस्ने ३५ वर्षीय मनोज चौधरी र मोटरसाइकलमा सवार उनकै श्रीमती २४ वर्षीया शिवानी चौधरीको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ।

Advertisement:

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :