पहिलो एसिया प्यासिफिक अप्टिमिष्ट इन्टरनेसनल कन्फ्रेंन्स धुलिखेलमा हुने

nepal-district-of-optimist-international

तातोखबर, काठमाण्डौं / डिष्ट्रिक अफ अप्टिमिष्ट इन्टरनेसनलको तेश्रो स्थापना दिवसका अवसरमा होटल एल्लो पेगोडामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल डिष्ट्रिक अफ अप्टिमिष्ट इन्टरनेसनलका गभर्नर प्रकाश घिमिरेले प्रेस विज्ञप्ति पढेर सुनाएका थिए । घिमिरेले अप्टिमिष्ट इन्टरनेसनलका बारेमा केहि जानकारिहरु दिँदै संस्थाले बैशाख १४, १५, र १६ गते धुलिखेलमा आयोजना गर्न लागेको पहिलो एसिया प्यासिफिक अप्टिमिष्ट इन्टरनेसनल कन्फ्रेंन्सका बारेमा बताए । उक्त कार्यक्रममा धुलिखेल घोषणापत्र जारि गरिने पनि उनले बताए ।

Advertisement:nepal-district-of-optimist-international

एशिया महादेशमा संगठन विस्तारमा कोषेढुङ्गा साबित हुने यो सम्मेलन दोश्रो पटक हामीले आयोजना गर्न पाउनु आफैँमा एउटा गर्वको विषय रहेको घिमिरेले बताए । कार्यक्रममा भारत, बंगलादेश लगायत ८ देशका प्रतिनिधिको सहभागिता रहने छ ।

पत्रकारसम्मेलनमा उक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । लायन्स क्वल जस्तै गरी सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित भएको उक्त संस्थाको नेपालका २५ जिल्लामा ५० भन्दा बढी क्लबहरु गठन भइसकेका सम्मेलन निर्देशक ऋषिश्वर थपलियाले जानकारी दिए । कार्यक्रम संयोजक पारशमणि दाहालले क्लबका माध्यामबाट नेपाललाई विश्वसामु चिनाउने लक्ष्य आफूहरुको रहेको र सम्मेलनले अर्थपूर्ण काम गर्ने विश्वास व्यक्त गरे ।

हालसम्म विश्वका विभिन्न ३० देशमा आफ्नो शाखा विस्तार गरिसकेको यस अप्टिमिष्ट इन्टरनेसनलले नेपाल शाखालाई एसियामै पहिलो पटक डिस्ट्रिक मान्यता दिएको थियो । सकारात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व बहन गर्न प्रेरित गर्ने उद्देश्यसहित बालबालिका तथा युवा केन्द्रित गैर नाफामूलक संस्थाका रुपमा नेपाल डिष्ट्रिक अफ अप्टिमिष्ट इन्टरनेसनलले नेपालका विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका क्षेत्रहरुमा कामहरु गरिरहेको छ ।

हाल विश्वका २८ देशमा १९०० भन्दा बढी क्लवमा ४८००० भन्दा बढी सक्रिय सदस्यहरु रहेका छन् । केहि देशमा शाखा विस्तारको क्रममा रहेको छ ।
२०७८ बैशाख १० र ११ मा भएको विशेष अधिवेशनले उदय निरौलाको अध्यक्षतामा नेपाल डिष्ट्रिक अफ अप्टिमिष्ट इन्टरनेसनलको स्थापना भएको हो ।

प्रेस विज्ञप्ति

press-relese-nepal-district-of-optimist-international

प्रतिक्रिया दिनुहोस् :