निजी क्षेत्रलाई आकर्षित नगरी राष्ट्रको विकास हुँदैन : प्रधानमन्त्री

pm-prachand-tatokhabar

तातोखबर, काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्र र सरकारबीच गुणात्मक सहकार्य हुनुपर्नेमा बताएका छन्।

निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म देश विकासको उद्देश्य पूरा नहुने भएकाले पनि सरकार र निजी क्षेत्रबीचको सहकार्य बलियो हुनुपर्ने प्रधानमन्त्री दाहालले बताएका थिए । मंगलवार काठमाडौँमा आयोजित लगानी बोर्डको बैठकमा बोल्दै उनले निजी क्षेत्रलाई आकर्षित गरेर मात्रै देश विकासका लागि बाह्य लगानी भित्रिने सम्भावना रहेको बताए।

Advertisement:pm-prachand-tatokhabar

निजी क्षेत्रलाई विश्वासमा लिन अध्यादेशमार्फत भए पनि आवश्यक ऐनको व्यवस्था गर्न लागेको बताएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री दाहालले बैठकमा नेपालमा लगानीको क्षेत्रमा देखिएको बाधा हटाउन निजी क्षेत्रले प्रयास गर्नुपर्ने बताएका थिए। त्यस अवसरमा प्रधानमन्त्रीले निजी क्षेत्रको समस्या सरकारले समाधान गरिदिने आश्वासन दिए। निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै देश विकासका सम्भावना अझै उजागर हुँदै प्रधानमन्त्री दाहालको भनाइ थियो।

उनले लगानी सम्मेलनका लागि प्रस्तावित परियोजना तयार पारेकोमा लगानी बोर्ड सचिवालयलाई धन्यवाद दिएको पनि प्रवक्ता उपाध्यायले बताए।

उपाध्यायले भने, ‘प्रधानमन्त्रीज्यूले निजी क्षेत्रलाई आकर्षित नगरीकन राष्ट्रको विकास हुँदैन भन्नुभयो। विश्व परिवेशमा निजी क्षेत्रलाई पर्याप्त लगानीका सम्भावनाहरू उजागर गरेर उनीहरूको बाधाअवरोधहरू फुकाइएका देशमा राम्रो विकास भएको छ। त्यसकारण नेपालमा पनि लगानीका क्षेत्रमा देखिएका बाधा हटाउनका लागि निजी क्षेत्रले प्रयास गर्नुपर्छ। निजी क्षेत्रलाई सपोर्ट गर्ने काम सरकारले गर्नुपर्छ भन्ने प्रधानमन्त्रीज्यूको आशय थियो। त्यस्तै गुणात्मक सहकार्य हुनुपर्छ। निजी क्षेत्रलाई विश्वासमा नलिँदासम्म लगानीका सम्भावना र देश विकासका उद्देश्य प्राप्त हृुन सक्दैन भन्ने उहाँले निर्देशन दिनुभएको छ।’

बैठकमा केही परियोजना लगानी सम्मेलनमा थप सकिने धारणा राखेका थिए। सरकारले यही वैशाख १६ र १७ गते काठमाडौँमा लगानी सम्मेलन आयोजना हुँदैछ।

प्रतिक्रिया दिनुहोस् :