उपनिर्वाचन : आज मध्यरातदेखि प्रचार गर्न नपाईने

nirbachan-aayog

तातोखबर, काठमाडौं / इलाम-२ र बझाङ-१  मा हुन गैरहेको उपनिर्वाचनका लागि आज (बुधबार) मध्यरातदेखि प्रचारप्रसार गर्न नपाईने भएको छ ।

वैशाख १५ गते हुने निर्वाचनका लागि राति १२ बजेदेखि प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ।

Advertisement:nirbachan-aayog

निर्वाचन आचारसंहिताअनुसार निर्वाचनको ४८ घण्टाअघिदेखि प्रचारप्रसार गर्न पाइँदैन । वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान तय भएको छ।

प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ मा १९ र  प्रदेश सभातर्फ बझाङमा १(१) मा ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस् :