दुई दिने राजकीय भ्रमण सकेर फर्किए कतारका अमिर

tamim-thani-bidai-return-home

तातोखबर, काठमाडौं /  कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्।

दुई दिने राजकीय भ्रमणमा मंगलबार काठमाडौं आइपुगेका थानी बुधबार स्वदेश फर्किएका हुन्।

Advertisement:tamim-thani-bidai-return-home

उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेसहित विशिष्ठ अधिकारीले त्रिभुवन विमानस्थलमा बिदाइ गरे।

फिलिपिन्सबाट बंगलादेश हुँदै उनी मंगलबार अपरान्ह काठमाडौं आएका हुन्।

नेपाल भ्रमणका क्रममा अमिर थानीले मंगलबार साँझ राष्ट्रपति पौडेल र बुधबार बिहान प्रधानमन्त्री प्रचण्डसँग द्वीपक्षीय वार्ता गरेका छन्।

प्रधानमन्त्रीसँगको वार्ताका क्रममा विभिन्न आठ क्षेत्रमा समझदारी गर्ने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस् :