दलमा आबद्ध रहेका शिक्षकहरूबारे निर्वाचन आयोगसँग विवरण माग

sumana-shrestha-rsp-mantri

काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ ।

दलमा आबद्ध रहेका शिक्षकहरूबारे मन्त्रालयमा परेका उजुरी यकीन गरी कारवाही सहजताका लागि आयोगलाई पत्राचार गरिएको मन्त्रालयले जानकारी दिएको हो।

Advertisement:sumana-shrestha-rsp-mantri

निर्वाचन आयोगबाट विवरण प्राप्त भएपछि मन्त्रालयले आफूसँग भएको शिक्षक, कर्मचारीहरूको विवरण र राजनीतिक दलका कार्यकारिणी समितिका पदाधिकारीहरूको विवरण भिडाएर हेर्नेछ। त्यसक्रममा शिक्षक, कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिमा बसेको पाइएमा शिक्षा ऐनअनुसार पदबाट हटाउनेसम्मको कारबाही प्रक्रिया अघि बढ्नेछ।

शिक्षकहरू दलको सक्रिय सदस्य रहेको, विभिन्न कार्यसमितिमा रहको र महाधिवेशन प्रतिनिधि बनेको जस्ता उजुरी तथा गुनासो मन्त्रालयमा प्राप्त भएका छन्। मन्त्रालयले केही दिनअघि मात्रै दलमा आबद्ध शिक्षक/कर्मचारीलाई कारबाही गर्न जिल्लास्थित सबै शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र पठाइसकेको छ। कतिपय जिल्ला इकाइले  कारबाही पनि अघि बढाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस् :