भक्तपुरमा घरको छतबाट खस्दा एक जनाको ज्यान गयो

तातोखबर, काठमाडौं / भक्तपुरमा आफ्नै घरको छतबाट खस्दा एक जनाको ज्यान गएको छ।

बिहीबार सूर्यविनायक नगरपालिका-४  हर्षचोकमा राति साढे ९ बजे बजे सुवर्ण मानन्धर आफ्नै चार तले पक्की घरको छतबाट खस्दा  उपचारको क्रममा राति ११ बजे मध्यपुर ठिमी अस्पतालमा निधन भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता राजन कार्कीले जानकारी दिए।

Advertisement:

घटनाका बारेमा थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :