उपनिर्वाचन : इलाम-२ र बझाङ-१ मा आज मतदान हुँदै

nirwachan-aaiyog-by-election

तातोखबर,  काठमाडौं / प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र  प्रदेश सभातर्फ बझाङ क्षेत्र नं. १ (१) मा शनिबार निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।

मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कलका आधारमा मतदान गर्न पाइने आयोगले जानकारी दिएको छ।

Advertisement:nirwachan-aaiyog-by-election

नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त स्थानका लागि इलाम-२ मा निर्वाचन हुन लागेको हो। यस्तै कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधनका कारण रिक्त बझाङ-१(१) मा निर्वाचन हुन लागेको हो

प्रतिनिधिसभातर्फ इलाम-२ मा १९ र  प्रदेश सभातर्फ बझाङमा १ (१) मा ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। इलाम-२ मा एक लाख १५ हजार ८८९ मतदाता छन्।बझाङ-१ (१) ६१ हजार ७४८ मतदाता छन्।

आयोगका अनुसार इलाम २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र छ। तीमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन्।

बझाङ १ (१) ७४ मतदानस्थल र ९३ मतदान केन्द्र छ।  त्यसमध्ये ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील छन्।

दुवै जिल्लाका स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मजबुत पारेको दाबी गरेका छन्। आयोगले पनि निश्चिन्त भएर मतदान गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस् :