इलाममा ७ बजेपछि मात्र मतगणना शुरु हुने

vote-counting-ilam-election

काठमाडौं / इलाम क्षेत्र नं.२ मा आइतबार बिहान ७ बजेपछि मात्र मतगणना शुरु हुने भएको छ । मतपेटिका सदरमुकाम ल्याइपुर्‍याउन समय लागेकाले आइतबार बिहान मात्रै मतगणना शुरु गर्न लागिएको हो।​

सर्वदलीय बैठक गरेर गणना शुरू गर्ने तयारी भएको जिल्ला निर्वाचन कार्यलयका सूचना अधिकारी कृष्णबहादुर लिम्बुले जानकारी दिए। इलाम नगरपालिका-२ स्थित गौतबुद्ध सम्मेलन केन्द्रमा मतगणना गरिनेछ। मतदान केन्द्रबाट त्यहाँ मतपेटिका ल्याइएको छ।

Advertisement:vote-counting-ilam-election

इलामका ७९ मतदान स्थलका १४९ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइपुर्‍याउन समय लागेकाले आइतबार बिहान मात्रै मतगणना शुरु गर्न लागिएको हो।​

उपनिर्वाचनअन्तर्गत इलाम-२ मा शनिबार मतदान भएको थियो। यहाँ करिब ५८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।

एमालेका उपाध्यक्ष सुवास नेम्वाङको मृत्यु भएपछि उपनिर्वाचन भएको हो। यहाँ १९ उम्मेदवार चुनावी मैदानमा छन्।

प्रतिक्रिया दिनुहोस् :