बझाङ निर्वाचन अपडेट : एमालेको आग्रता कायमै

तातोखबर, काठमाडौँ / बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को उपचुनावको पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवारले आग्रता कायम राखेका छन् ।

यसअघिको परिणाममा दोस्रो बनेको माओवादी फेरि तेस्रो स्थानमा झरेको छ भने कांग्रेसले केही मत बढाएर एमालेलाई पछ्याइरहेको छ। मतान्तर घटाए पनि एमालेभन्दा कांग्रेस झण्डै ६०० मतले पछि छ।

Advertisement:

पछिल्लो सार्वजनिक मत परिणामअनुसार एमालेका उम्मेदवार दमन भण्डारीले २६३८ मतका साथ अगाडि छन्। नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले २०२४ र माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले १७१७ मत ल्याएका छन्।

एकीकृत समाजवादीका दिलबहादुर सिंहले ९६२ मत पाएका छन्।  शनिबार सम्पन्न उपनिर्वाचनको मत गणना कडा सुरक्षाका बीच भइरहेको छ।

प्रतिक्रिया दिनुहोस् :