मौसम : पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

तातोखबर, काठमाडौं / पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। कोशी, मधेश र लुम्बिनी  प्रदेशका केही र बाँकी भागको थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

Advertisement:

गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको  सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै लुम्बिनी र कोशी प्रदेशका तराईका केही  र बाँकी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस् :