बझाङको मतगणना अन्तिम चरणमा, एमालेका भण्डारीको अग्रता बढ्दै

Bajhang-election-update-tato-khabar-tatokhabar

तातोखबर, बझाङ / बझाङको जारी मतगणना अन्तिम चरणमा पुग्दै गर्दा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रतालाई अझ बढाएका  छन् । पछिल्लो मत परिणामअनुसार भण्डारीले ११ हजार १०२ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिशेकबहादुर सिंहले १० हजार ७६१ मत प्राप्त गरेका छन् । यो भनेको उनीहरूबीच ३४१ मतको अन्तर हो ।

यसैगरी माओवादीका उम्मेदवार जनकबहादुर बुढा तेस्रो स्थानमा र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंह चौथो स्थानमा छन् ।

Advertisement:Bajhang-election-update-tato-khabar-tatokhabar

बझाङमा अब दुई पालिका तल्कोट र साइपालको मात्र मत गणना हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस् :