आज अप्रिल फुल्स : झुक्याउँने र जिस्क्याउँने दिन

april-fools-day-april-first-tatokhabar

आज अप्रिल फुल्स डे । आजका दिन धेरैले एक अर्कालाई झुक्याउँने र जिस्क्याउँने गर्छन । अन्य दिन जसरी मजाक वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँने छैन । यही नै  अप्रिल १ को विशेषता भैसकेको छ ।

प्राचीन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो भनेर किम्बदन्ती प्रचलनमा रहेको छ । १५८२ मा पोप ग्रेगोरी तेह्रौँले १ जनवरीलाई नयाँ वर्ष मान्ने गरी नयाँ क्यालेन्डर जारी गरेका थिए । रोमका धेरैजसो मानिसले नयाँ क्यालेन्डरलाई प्रचलनमा ल्याए ।

Advertisement:april-fools-day-april-first-tatokhabar

तर युरोपका कतिपयलाई नयाँ वर्ष परिवर्तन भएको थाहै भएन र उनीहरू १ अप्रिललाई नै नयाँ वर्ष मनाउँन थालिसकेका थिए । त्यसैले यस्ता मानिसलाई मूर्ख सम्झिएर अन्यले मजाक उडाउन थाले पछि अप्रिल फुल्स प्रचलनमा आएको थियो ।

अप्रिल फुल्सका बारेमा अर्को तथ्य पनि प्रचलनमा छ । पहिलेको क्यालेण्डरमा अप्रिल महिना देखि नयाँ वर्ष सुरु हुन्थ्यो तर पछि क्यालेण्डरमा संशोधन गरी जनवरी देखि नयाँ वर्ष सुरु गरिएको थियो । यो संशोधनलाई सबैभन्दा पहिले फ्रान्सले अपनाएको थियो । सन् १५६४ मा फ्रान्सका तत्कालीन राजा चार्ल्स नवौँले आदेश जारी गर्दै जनवरी १ देखि नयाँ वर्ष मनाउन सुरु गरेका थिए । तर कहिले अप्रिल १ लाई नै वर्षको सुरुवात हो भनेर मानिरहे । यिनैलाई अन्य जनताले मजाकमा मूर्ख भनी गिज्याउन थाले र अप्रिल एकलाई ‘मूर्खहरूको दिन’ भनी नामकरण गरे।

अप्रिल फुलका बारेमा धेरै दाबी रहेका छन् । अप्रिल फुलको चर्चा भने सन् १९१५ मा जर्मनीको लिले हवाई अड्डामा ब्रिटिस पाइलटले बमजस्तै वस्तु फ्याँकेको विषयपछि  संसार भर प्रख्यात भएको थियो । बमजस्तै वस्तु फ्याँकिएको देखेर मानिसहरूबिच भागदौड नै मच्चियो, त्रस्त मानिसहरू लामो समय लुके । तर बम नपड्किएपछि उनीहरू फर्किएर आए । त्यहाँ बम होइन, एउटा फुटबल फ्याँकिएको रहेछ, जहाँ लेखिएको थियो – अप्रिल फुल ।

( सामाजिक संजाल )

 

प्रतिक्रिया दिनुहोस् :