सगरमाथा आरोहण गर्न ६३ आरोहीलाई अनुमति

tourist-in-nepal-mount-everest-climb

काठमाडौँ / सरकारले वसन्त ऋतुको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीलाई अनुमति दिएको छ।

पर्यटन विभागका अनुसार आजसम्म पाँच समूहका १३ महिला र ५० पुरुष गरी ६३ आरोहीलाई अनुमति दिईएको हो

Advertisement:tourist-in-nepal-mount-everest-climb

विभागको पर्वतारोहण शाखाका अधिकृत चुनबहादुर तामाङले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि १७ आरोही समूहका ४२ महिला र एक सय ६ पुरुष गरी कूल एक सय ४८ ले आरोहण अनुमति लिएको जानकारी दिएक छन् ।

हिमाल आरोहणको अनुमति मार्फत हालसम्म १० करोड ५५ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ।

सगरमाथापछि सबैभन्दा बढी आमादब्लम र अन्नपूर्ण हिमालमा समान तीन आरोही समूहले अनुमति लिएको विभागले जनाएको  छ।

प्रतिक्रिया दिनुहोस् :