त्रिकोणात्मक सिरिजमा नेपालले आज गुजरातको सामना गर्दै

sms-friendship-cupcricket-news-ipdate-nepal-nepali-cricket

तातोखबर, काठमाडौं / भारतमा जारी एसएमएस फ्रेन्डसिपकप टी–ट्वेन्टी त्रिकोणात्मक सिरिजमा नेपालले आज भारतिय क्लब गुजरातको सामना गर्दै छ ।

गुजरातको वापीस्थित साई मेघपन खेलमैदानमा नेपाली समय अनुसार पौने ३ बजेदेखि खेल सुरु हुनेछ।

Advertisement:sms-friendship-cupcricket-news-ipdate-nepal-nepali-cricket

जारी दुइ खेलमा नेपाल अपराजित छ। मंगलबार भएको खेलमा भारतको बरोडालाई २७ रनले हराउँदै सिरिजको फाइनल नजिक पुगेको छ।

नेपालले सिरिजमा लगातार दोस्रो जितसँगै चार अंक बनाएको छ। गुजरातले बरोडालाई पाँच विकेटले हराएको थियो।

नेपालले अब शुक्रबार बरोडासँग खेल्नेछ। उत्कृष्ट दुई टिमबीचको फाइनल खेल आइतबार हुनेछ।

प्रतिक्रिया दिनुहोस् :