खेलकुद विकास बाेर्डले प्रशिक्षक नियुक्तिमा अनियमितता गरेको आरोप

Pradesh-kehlkud-bikash-board-province1-news

विराटनगर /  कोशी प्रदेश खेलकुद विकास बोर्डले नियुक्ति गरेको खेल प्रशिक्षकहरु राजनीतिक आडमा भर्ती गरिएको भन्दै खेलाडीहरूले असन्तुष्टि  जनाएका छन्।

राम्रो खेलाडीहरूलाई पाखा लगाएर आफ्नो कार्यकर्ता भर्ती गरिएको भन्दै सम्भावना बोकेका थुप्रै खेल प्रशिक्षक प्रदेश खेलकुद विकास बोर्डको छनौटबाट बाहिरिनु परेको एक खेल प्रशिक्षकले  नाम नबताउने सर्तमा दुखेसो पोखेका छन् । उनले आफूले नाम सार्वजनिक गरेपछि यस्तै राजनीतिक हस्तक्षेप हुने र अवसरबाट बन्चित हुनुपर्ने समेत बताए।

Advertisement:Pradesh-kehlkud-bikash-board-province1-news

खेलकुद विकास बाेर्डले दिएको नियुक्ति अनियमित र धाँधलिपूर्ण तरिकाले खेलकुद प्रशिक्षण छनौट भएको भन्दै मुख्यमन्त्री  कार्यालयमा उजुरी समेत परेको छ।

सोही उजुरीको आधारमा मुख्यमन्त्री कार्यालयले सामाजिक विकास मन्त्रालयलाई छानबिन समिति गठन गरी प्रतिवेदन समेत बुझाउन निर्देशन गरेको छ।

प्रशिक्षकका लागि उसु खेलमा  गोल्ड मेडलिस्टदेखि  १० औँ सार्क गेममा सेकेन्ड मेडल प्राप्त गर्न सफल  राम लिम्बूले  समेत प्रशिक्षकका लागि आवेदन दिएका थिए।

तर, उनीहरुको क्षमतालाई  राजनीतिक नियुक्तिले पछि पारेको खेलाडीहरूको आरोप छ।  भलिबल खेलाडी मुस्कान लिम्बूले नेपालमा राजनीतिलाई घृणा गर्ने र पार्टीको झण्डा नबोक्नेको जीवन अँध्यारो तर्फ लम्किने बताउछन्। जतिसुकै  पढे पनि क्षमता जतिसुकै  बलवान भएपनि त्यो क्षमता राजनीतिको अगाडि कागजको टुक्रा मात्रै हुने उनको तर्क छ।

‘नेपालको खेलकुद क्षेत्र यस्तै  भएर उभो नलागेको हो। खेलकुदमा भ्रष्टाचार गर्न सजिलो छ र यहाँ अत्यधिक भ्रष्टाचार छ भन्ने कुरामा दुईमत छैन्,’ उनले सामाजिक सञ्जालमा  लेखेका छन्,‘मैले नबुझेको कुरा यो छनौट कसरी  गर्छ हौ? विज्ञले भन्दिनु पर्यो राजनीतिक पावर चाहिने हो कि डकुमेन्ट बलियो चाहिने हो? कि अन्तवार्ता हुन्छ?  कि लिखित दिनु पर्छ कि के हो?’

बोर्डले नियुक्त गरेको मध्ये ११ जनाले पत्र बुझिसकेका छन्। त्यसो त उनी बोर्डको सदस्य सचिवमा नियुक्त भएदेखि यता कुनै पनि  कार्यक्रम विवादरहित समापन  हुन सकेको छैन।  प्रदेश खेलकुद बोर्डलाई प्रशिक्षक नियुक्तिका लागि मन्त्री परिषदको बैठकले नै २१ लाख बजेट व्यवस्थापन गरेको थियो। यता, यो विषयका बारेमा बुझ्न बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

प्रतिक्रिया दिनुहोस् :