माथिल्लो तहका कर्मचारीहरुलाई विदेशी कम्पनीमा काम गर्न निषेध गरौँ : योगेश भट्टराई

yogesh-bhattarai-UML-tatokhabar

तातोखबर, काठमाडौँ / प्रमुख सत्तारुढ दल नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले माथिल्लो ओहोदामा रहेका कर्मचारीलाई अवकाशपछिमात्रै विदेशी कम्पनीमा काम गर्न नपाउने कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन्।

देशको गोपनियता बाहिर जाने भएकाले पनि माथिल्लो तहमा पुगेका कर्मचारीहरुलाई विदेशी कम्पनीमा काम गर्न निषेध हुने कानूनी व्यवस्था गर्न आवश्यक रहेको उनले बताए ।

Advertisement:yogesh-bhattarai-UML-tatokhabar

बुधवार प्रतिनिधिसभा बैठकमा संघीय निजामती सेवा विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै सचिव भट्टराईले दलीय आग्रहभन्दा माथि उठेर सो विधेयकको धेरै विषयमा छलफल गरेर अघि बढनुपर्ने आवश्यकता औँल्याए।

उनले विधेयकमा माथिल्लो तहका कर्मचारीहरुले तत्काल संवैधानिक अंगमा काम गर्न पाउने व्यवस्था गरिएकोमा आपत्ति जनाए। सचिव भट्टराईले टे«ड युनियनहरुलाई पनि उत्पादनमुखि काममा लगाउने गरी कानूनी व्यवस्था गर्न आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस् :