नर्सिङ पढ्दै गरेकी १९ वर्षीया युवतीले गरिन होस्टलको ५ तलाबाट हामफालेर आत्महत्या

nursing-student

तातोखबर, दोलखा / होस्टलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत युवतीको मृत्यु भएको छ।

बिहीबार दोलखा सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेकी थिइन्।

Advertisement:nursing-student

उनको गएराति ‍११ बजे  उपचारका क्रममा भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिएका छन् ।

पोखरा स्थाइ घर भएकी अधिकारी विदामा घर गएकी र उनी बुधबार मात्र चरिकोट फर्किएकी थिइन् । घरबाट आएको भोलिपल्टै उनले होस्टलको पाँचौ तलाबाट हाम फालेकी हुन् ।

प्रतिक्रिया दिनुहोस् :