घाँटीमा हड्डी अड्किएर भरतपुरमा एक जनाको मृत्यु

Bharatpur-hospital-chitawon

तातोखबर, हेटौंडा / चितवनको भरतपुर महानगरपलिका–१ स्थित शरदानगर बस्ने करण सुनारको घाँटीमा हड्डी अड्किएर मुत्यु भएको छ। तनहुँ सिद्धेश्वर नगरपालिकाका सुनार आफ्ना अंकलको घरमा बस्थे । मासु खाँदा २२ वर्षीय सुनारको घाँटीमा हड्डी अड्किएर उपचारका लागि स्थानीय सिद्धेश्वर हेल्थ केयर शारदानगरमा लागिएको थियो। उनलाई उपचार गरी स्थानीय मेडिकल बाट औषधी लिएर अंकलकै घरमा बसेर आराम गरिरहेका थिए ।

तर हिजो बिहीबार उनको स्वास्थ्य अवस्था धेरै बिग्रिँदै गएपछि भरतपुर अस्पतालमा लगिएको थियो।

Advertisement:Bharatpur-hospital-chitawon

भरतपुर अस्पतालमा उपचारको क्रममा सुनारको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :