उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

nirbachan-aayog

तातोखबर, काठमाडौं / आगामी वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनका लागि उम्मेदवारले शनिबार मनोनयन दर्ता गर्दै छन्।

बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिने व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ।

Advertisement:nirbachan-aayog

शनिबार साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशन गर्ने आयोगले जनाएको छ। यस्तै उम्मेदवारको विरोधमा उजुरी दिनका लागि आइतबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय तय गरिएको छ। अपराह्न ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरीबारे जाँच गरी निर्णय गर्नेछ।

चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ। चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ।

आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान तय भएको छ। प्रतिनिधिसभा इलाम क्षेत्र नं.२ र बझाङ प्रदेश १ (१) मा उपनिर्वाचन हुन लागेको हो।

 

प्रतिक्रिया दिनुहोस् :