लाङटाङ पदमार्गमा पर्यटकको मृत्यु

तातोखबर, रसुवा / लाङटाङ पदमार्ग क्षेत्रमा एक पर्यटकको मृत्यु भएको छ।
लाङटाङको भ्रमण गर्ने क्रममा शुक्रबार बेलायती नागरिक ६७ वर्षीय कार्टर माइकल पाउलको मृत्यु भएको हो। पाउल दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ जाँदै गर्दा उनीलाङटाङ खोला झोलुङ्गे पुल आसपास क्षेत्रमा बेहोश भएका थिए।
पाउललाई हेलिकप्टरमा उद्धार गरी काठमाडौंस्थित मेडिसिटी अस्पताल पुर्याउँदा चिकित्सकले साँझ मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नेत्रप्रसाद पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस