महेश बस्नेतविरुद्ध बलात्कार आरोपमा जाहेरी दर्ता
तातोखबर, काठमाडौँ / नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरसँग सम्बन्धित जाहेरी दर्ता भएको छ। एक युवतीले बस्नतेलाई भ्रुण हत्या, बलात्कार र डाँका चोरी गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी छिन् ।
पीडितले हुलाकमार्फत पठाएको जाहेरी मार्फत दर्ता गरिएको प्रहरीले बताएको छ । बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन् । बस्नेतमाथि २ महिना १५ दिनको भ्रुण हत्या गरेको आरोप पनि छ ।
औषधि खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रुण हत्या गरेको पीडितले आरोप लगाएकी छन् । बलात्कार र भ्रुण हत्याको प्रमाण लुकाउन बस्नेतको निर्देशनमा आफ्नो अपर्टमेन्टमा डाँका चोरीसमेत गरिएको दावी पीडितले गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै