शीर्ष नेताहरुसँग सभामुखको छलफल सुरु, सदनको गाँठो फुकाउने विश्वास

sabhamukh-pm-chhalphal

तातोखबर, काठमाडौं / प्रतिनिधिसभामा प्रतिपक्षले उठाएको माग सम्बोधन र संसद्‌को अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरुसँग छलफल थालेका छन्।

आफ्नै कार्यकक्ष सिंहदरबारमा सभामुख घिमिरेले  प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेताहरूलाई डाकेर छलफल सुरु गरेका हुन्।

Advertisement:sabhamukh-pm-chhalphal

छलफलमा प्रधानमन्त्री प्रचण्ड र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, एमालेको तर्फबाट उपाध्यक्ष विष्णु पौडेल र प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक, रास्वपाबाट सभापति रवि लामिछाने र प्रमुख सचेतक सन्तोष परियारको  उपस्थित छ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै  प्रमुख विपक्षी नेपाली कांग्रेसले सदनमा निरन्तर गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय छानबिन समिति माग गर्दै आएको छ। यसअघिका बैठकहरूमा नरम बनेको कांग्रेसले चैत २७ देखि बैठक नै अवरुद्ध गर्ने चेतावनी दिएपछि दिएको छ।

कांग्रेसको चेतावनीका बावजुद अबका संसद् बैठक कसरी अघि बढाउने ? प्रतिपक्षको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयको निष्कर्ष निकाल्न सभामुख घिमिरेले छलफल गरिरहेका हुन्। सरकार, प्रतिपक्ष र सभामुखसहितको यस छलफलले संसद्‌को अवरोध हटाउन ठोस पहल लिने विश्वास गरिएको छ।

आजैका लागि बिहान साढे १० बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भरतपुरमा रहेको र आउन ढिलो हुने भएपछि दिउँसोका लागि सरेको थियो।

प्रतिक्रिया दिनुहोस् :